सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गयो

 फागुन १, २०७८ आइतबार ९:२७:४३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

साेलुदूधकुण्ड नगरपालिका-२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका-१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेकाे भिरबाट लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लामाको लबुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका-१ मा रहेकाे हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएकाे बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाकाे तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा भिरबाट लडेर ज्यान गएकाे भएको अवस्थामा हिजाे शव भेटिएको हाे । 

यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजाे भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया