रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

 फागुन ३, २०७८ मंगलबार १०:५७:४९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

तीन जना चढेको लु ६० प ३६५२ नम्बरकाे मोटरसाइकल अनियन्त्रित भइ पर्खालमा ठोक्किँदा गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र २० वर्षीय राहुल थापाको ज्यान गएकाे हाे ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी मोहन खाँडले दुवै जनाको उपचारका क्रममा बुटवलमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएकाे जानकारी दिनुभयाे । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भएपछि सडकबाट ३० मिटर पर रहेको पर्खालमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया