सोलुखुम्बुको लुक्लामा हवाई सेवा लिनेको सङ्ख्या ५३ प्रतिशतभन्दा धेरैले बढ्यो

 फागुन ७, २०७८ शनिबार १०:४६:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ प्रतिशतभन्दा धेरैले बढेको छ । सन् २०२० को तुलनामा २०२१ मा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ दशमलव १६ प्रतिशतले बढेको हो ।

नागरिक उड्ययन प्राधिकरण लुक्लाको तथ्याङ्क अनुसार सन् २०२० मा ५ हजार २ सय ७० पटक उडान तथा अवतरण भएकोमा २१ हजार ३ सय ९ जना यात्रुले विमान सेवा लिएका थिए । तर सन् २०२१ मा १० हजार ६ सय १५ पटक उडान तथा अवतरण भएकोमा ४० हजार ८७ जना यात्रुले सेवा लिएका छन्।

सन् २०२१ मा  १७ हजार २ सय २९ जना यात्रु खुम्बु भित्रिएको र २२ हजार ८ सय ५८ जना बाहिरिएको तथ्याङ्क छ । जाडोमा मौसममा चिसो छल्न खुम्बुका स्थानीयबासिन्दा अन्त जाने भएका कारण भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या बढी देखिएको कार्यालयले जनाएको छ ।

सन् २०२० मा कोरोना महामारीका कारण खुम्बुमा पर्यटकीय गतिविधि ठप्प हुँदा विमान सेवा लिनेको सङ्ख्या कम थियो । अघिल्लो सिजनमा केही सुधार भएकाले विमानसेवा लिनेको यात्रुको सङ्ख्या बढेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया