सोलुखुम्बुकाे सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात

 फागुन ९, २०७८ सोमबार ९:१०:५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीसहित माथिल्लो क्षेत्रमा गएराति हिमपात भएको हो ।

जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाँडा, रातनागी डाँडा, खोरिया, रोसी, तामाखानी, लोदिङ, बेनी, जुनबेशी लगायतका ठाउँहरू सेताम्मे भएका स्थानीयले बताएका छन् ।

यस्तै उच्च हिमाली क्षेत्र खुम्बुको लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रमा शनिवार साँझबाट नै हिमपात सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो ।

हिमपातपछि चिसो बढेको महसुस गरिएकको छ भने जनजीवनमा प्रभावित बनेको स्थानीयले बताएका छन् । सोलुखुम्बुमा यसअघि पहिलो पटक पुस १३ गते र दोश्रो पटक माघ २० गते हिमपात भएको थियो । पुस १३ गते सामान्य हिमपात भए पनि माघ २० गते भने भारी हिमपात भएको थियो ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया