मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
कसैले आफ्नो जग्गा हडपेको पीडा सुनाउँछन् । कसैले घरमा बस्न नदिएको गुनासो सुनाउँछन् । घरायसी झैझगडाका कुरा पनि आइरहन्छन् । एकैदिन ८/९ वटा यस्तै झगडा आउँछन्, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा । वडा कार्यालयमा यस्ता घटनाहरुको छलफल गरी मेलमिलाप गराउनुहुन्छ, दलित महिला सदस्य रेखा खटी । पालिकाको चुनावमा निर्वाचित रेखा भन्नुहुन्छ, ‘पहिले नमस्कार गर्न पनि डर लाग्थ्यो । अहिले त दिनहुँ सेवाग्राहीसँग कुरा गर्छु ।’ सामुदायिक छलफल केन्द्रमा सहभागीसमेत रेखालाई हामीले वडा कार्यालयमा भेटेपछि कुराकानी गरेका छौँ ।