खुम्बुमा एक वर्षमा १ हजार टनभन्दा बढी सामग्री कार्गो ढुवानी

 फागुन १४, २०७८ शनिबार १०:२५:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा एक वर्षभित्र कार्गो ढुवानीमार्फत १ हजार ३ सय टन खाद्यान्न तथा निर्माण सामग्री भित्रिएको छ । सन् २०२१ मा फाप्लु र काठमाण्डौबाट १३ लाख किलो सामग्री कार्गोमार्फत लुक्ला ढुवानी भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

ढुवानी गरिएको सामग्रीहरुमा तरकारी, चामल, दाल लगायतका खाद्यान्नसहित निर्माण सामग्रीहरु जस्ता, सिमेन्ट, काठ लगायत रहेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले जानकारी दिनुभयो । 

सन् २०२० मा १३ लाख ६५ हजार ९ सय १५ किलो सामग्री खुम्बु ढुवानी भएको प्राधिकरणको तथ्याङ्क छ । गएकाे दुई वर्षको ढुवानीलाई तुलना गर्दा २०२० मा भन्दा २०२१ मा ४ प्रतिशतले कार्गो ढुवानीमा गिरावट आएको छ ।

सन् २०२० को मध्यबाट कोभिड सुरु भए पनि २०२१ को सुरुवातदेखि नै कोभिडले सिजन ठप्प हुँदा ढुवानी तथा खपतमा कमी आएको स्थानीयले बताएका छन् । खुम्बुमा तरकारीसहितका खाद्यान्न र निर्माण सामग्री ढुवानीका लागि हेलिकप्टरकाे प्रयोग गर्ने गरिएको छ ।

लुक्लासम्म सिधा सडक सञ्जालले नजोडिएका कारण खुम्बुमा सामग्री ढुवानीका लागि कार्गोलाई भरपर्दो माध्यमको रुपमा लिइने गरिन्छ । लुक्लाभन्दा तल  काँडे  थामडाँडासम्म मात्रै सडक सञ्जाल पुगेकाले त्यहाँबाट ढुवानी गर्न मानिसले बोक्नुपर्ने झन्झटका कारण हेलिकप्टर वा विमानकोे भर पर्दै आएको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया