एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु

 फागुन १६, २०७८ सोमबार २०:१७:४३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ ।

प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साेमवार सवा ८ बजेदेखि भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाएका जानकारी दिनुभयो । 

आन्दोलनकारीले आज विभिन्न दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्, अवस्था तनावपूर्ण रहेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया