सोलुुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि बन्द

 फागुन १७, २०७८ मंगलबार १०:४४:४८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सोलुुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि पूर्णरुपमा बन्द भएको छ ।

हाइड्रोपावरले स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले निर्माणकार्य पूर्णरुपमा बन्द गरेको जनाएको छ ।

गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको कामहरु समेत कुनै पनि पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको सरोकार समितिका संयोजक विक्रान्त कुलुङले बताउनुभयो ।

स्थानीय बासिन्दासँग पटक पटक गरेको सहमति कार्यान्वयनको लागि गएको ८ गते तीन दिने अल्टिमेटमसहित १७ बुँदे माग पेस गरेको समितिले ११ गतेदेखि अति आवश्यक बाहेकको काम बन्द गरेको जनाएको छ ।

आयोजनाका कारण अति जोखिममा परेका पाँच घरपरिवारलाई राहतको व्यवस्था गरिनुपर्ने, स्थानीय बासिन्दाकोको क्षमता अनुसार रोजगारी पाउनुपर्ने र सार्वजनिक सुनवाइ समेतको कार्यक्रम गरिनुपर्ने लगायतको माग सरोकार समितिले राखेको छ ।

हाइड्रोपावरले कामदारलाई अति न्यून ज्याला दिएर काममा लगाएको  समितिको आरोप छ ।  यस्तै, महाकुलुङ गाउँपालिकाको वडा नं. ५ मा निर्माण कार्य भइरहेको र आयोजनालाई आवश्यक जग्गा समेत भाडामा लिएको भए पनि वडालाई अतिप्रभावितको सूचीमा नराख्ने लगायतको काम भएको समितिका संयोजक कुलुङको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया