सोलुखुम्बुको गौरीशङ्कर र एपेक्स हाइड्रोपावरको काम आजदेखि सुरु

 फागुन १९, २०७८ बिहिबार ७:३४:५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन गौरीशङ्कर र एपेक्स हाइड्रोपावरको काम आजदेखि सुरु भएको छ ।

स्थानीय बासिन्दाले विभिन्न माग राखेर गएको बुधवारदेखि काम ठप्प पारेका थिए।

हाइड्रोपावरले स्थानीय बासिन्दाको १७ बुँदे मागसहित अन्य मागका बारेमा आयोजनाको बोर्डसँग समन्वय गरेर १० दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै काम सुरु गर्न दिने सहमति भएको स्थानीय सरोकार समितिका संयोजक विक्रान्त कुलुङले बताउनुभयो ।

१७ बुँदे मागको विषयमा सोताङमा आज पनि अर्को चरणको छलफल हुने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । हाइड्रोपावरले स्थानीयवासीसँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले फागुन ११ गतेदेखि निर्माणकार्य बन्द गरेका थिए ।

गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको काम समेत पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको सरोकार समितिका संयोजक कुलुङले बताउनुभयो ।

आयोजनाले एक समूहमा काम गरेका श्रमिकलाई ७५ लाखभन्दा बढी ज्याला भुक्तानी बाँकी रहेको, आयोजनाका कारण अति जोखिममा परेका पाँच घरपरिवारलाई राहतको व्यवस्था गर्नुपर्ने, स्थानीयवासीको क्षमता अनुसार रोजगारी पाउनुपर्नेलगायतका माग सरोकार समितिले राखेको छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया