राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण

 फागुन १९, २०७८ बिहिबार १२:५६:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण भएको छ ।

प्रतिष्ठानका डिन, हाडजोर्नी रोग विशेषज्ञ डा.सागर क्षेत्री (पन्थी) नेतृत्वको चिकित्सक, नर्सको टोलीले कुहिनोको जोर्नीको प्रत्यारोपण सफल गरेको हो । अप्रेसनपछि बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो । पछिल्लो समय प्रतिष्ठानमा हाडजोर्नीका बिरामीहरु उपचार गर्न आउने सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

आईसीयू, भेन्टिलेटर, सिटिस्क्यानसहितको सेवा विस्तार भएपछि प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरुको चाप बढेको छ । अहिले एमआरआई मेसिन पनि थपिएपछि प्रतिष्ठानको थप सेवा विस्तार भएको छ ।

एमआरआई मेसिन सेटअप गर्न केही समय लाग्ने प्रतिष्ठानले जानकारी दिएको छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया