दाङमा तोरी उत्पादनमा वृद्धि

 फागुन २२, २०७८ आइतबार १०:२०:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

तोरी छर्ने सिजनमा वर्षा भएकाले गएकाे वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि  भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो ।

कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएकाे हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेले बताउनुभयो।

दाङमा यस वर्ष १८ हजार तीन सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको छ । यस वर्ष २३ हजार सात सय ९० मेट्रिक टन तोरी उत्पादन भएको आकलन गरिएको छ। कृषि अर्थविज्ञ लामिछानेका अनुसार जिल्लामा अहिले स्थानीय जातको काउली तोरी र कपुरकोटे जातको तोरीको खेती हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Bhawana Rijal

    March 6, 2022, 10:48 a.m.

    दाङमा त कति ठुलो ठुलो दाना तोरी फल्दो रैछ !!

  •  0 Reply

तपाईको प्रतिक्रिया