लुक्ला विमानस्थल नजिकैकाे वनमा भीषण आगलागी, केही समय एअरपोर्ट नै बन्द

 फागुन २३, २०७८ सोमबार ९:१२:३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा भीषण आगलागी भइरहेको छ । 

लुक्ला नजिकैको नक्चुङ भन्ने ठाउँको वनमा लागेको आगोको धुवाँका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएकाे नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो।

अहिले हावाका कारण धुवाँ अन्यत्र बहिरहेकाले उडान भइरहेको उहाँले बताउनु भयाे । खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ को नाक्चुङमा रहेकाे जङ्गलबाट गएरातिदेखि सुरु भएको आगो फैलिँदै गएकाे तारा एयर लुक्लाका स्टेसन इञ्चार्ज अमृत मगरले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया