लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो हावाका कारण झनै फैलियो

 फागुन २३, २०७८ सोमबार १२:३४:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - हावाको वेगका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन समस्या भएको छ ।

फायर फाइटिङसहितको हेलिकप्टरले आगो निभाइरहेकाे भए पनि हावाको वेग तीव्र हुँदा झन्झन् आगो फैलिँदै गएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो ।

उहाँका अनुसार आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको भए पनि हावाले गर्दा आगो नियन्त्रणमा लिन समस्या भएकाे छ । हेलिकप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर नाक्चुङ वनमा लागेको आगाे निभाउने कोसिस गरिरहे पनि पछिल्लो समय आगो झनै फैलिएको स्थानीयले बताएका छन्।

धुवाँले गर्दा आज बिहान झण्डै १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण प्रमुख अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो ।

आगोका कारण सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु नष्ट भइसकेको स्थानीयले बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लाको नाक्चुङ वनमा गएरातिदेखि सुरु भएको आगलागीको कारण पत्ता लाग्न सकेको छैन। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया