लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो फेरि फैलिन थाल्याे

 फागुन २४, २०७८ मंगलबार ११:८:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगाे फेरि फैलिन सुरु भएको छ ।

गएराति  आफैँ नियन्त्रणमा आएको आगाे हावाका कारण अहिले फेरि फैलिन सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङमा रहेकाे हरियाली सामुदायिक वनमा आइतवार बेलुकादेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आएको थियो ।

तीव्र गतिको हावाको वेगका कारण स्थानीयवासी, प्रहरीसहित फायर फाइटिङ हेलिकप्टरले निभाउन नसकेको आगोे राति शीतका कारण आफैँ नियन्त्रणमा आएको थियो । तर हावा लाग्न सुरु भएसँगै नाकचुङ गाउँबाट पुनः आगो फैलिन सुरु भएको स्थानीयले बताएका छन् ।

आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमवार बिहान झण्डै १ घण्टा विमानस्थल नै बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया