राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर आज (मङ्गलवार) एक जनाको ज्यान गएको छ ।
देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यसैगरी आगो निभाउने क्रममा बाेहाेराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएकf जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा सामान्य उपचार गरी प्रभु एअरको हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रेफर गरिएको बताउनुभयो ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।