टिप्पर चल्ने सडक पिच नभएपछि बंगलाचुली गाउँपालिकाले बन्द गर्‍याे चुनढुंगा खानी

 फागुन २५, २०७८ बुधबार १२:२६:० | हेमराज शर्मा
unn.prixa.net

दाङ – तीन वटा सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेको भन्दै दाङको बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेकाे छ ।

चुनढुंगा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै  त्यहाँबाट चुनढुंगा ओसार्ने करिब ४ सय टिप्पर काम नपाएर ग्यारेजमै थन्किएको सिमेन्ट उद्योगहरुले जनाएका छन् ।

बंगलाचुली गाउँपालिकामा रहेका आ आफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने गरेका छन् । पालिकाले खानी बन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चा पदार्थ नभएर एक हप्तादेखि उद्योग नै बन्द भएको घोराही सिमेन्ट उद्योगले जनाएको छ ।

यस्तै, उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चालन गर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताउनुभयाे ।

चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराही सम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्य हुन थालेपछि पालिकाले खानी नै बन्द गरिदिएर टिप्पर सञ्चालनमा रोक लगाएको हो ।

त्यसयता सडक कालोपत्रे गर्ने जिम्मा लिएका निर्माण व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म पनि  काम सुरु नगरेको बँगलाचुली गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया