ताप्लेजुङ आगलागी अपडेट : एक वृद्धाको ज्यान गयाे, एक जना घाइते

 फागुन २७, २०७८ शुक्रबार १०:२२:५५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ  - फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । 

आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे  घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएकाे हाे । घाइते १६ वर्षीया रविना लिम्बुकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट स‌ङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानकाे घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएकाे प्रजिअ पोखरेलले बताउनु भयाे । कोप्चे बजारमा बिहान ८ बजेदेखि आगलागी भएकाे थियाे। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया