शहीद मार्ग : तीन वर्ष नपुग्दै उप्कियाे कालाेपत्र, सडकभरि खाडल र हिलाे

 फागुन २७, २०७८ शुक्रबार १२:३४:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ -  कालाेपत्र भएको तीन वर्ष नपुग्दै शहीद मार्ग अन्तर्गतको दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक बिग्रिएर अस्तव्यस्त भएको छ ।

कालाेपत्र गरिएको सडकमै ठूलाठूला खाडल बनेका छन् भने प्रायजसाे ठाउँमा कालाेपत्र नै देखिँदैन । ओभरलोड भार बोकेका टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ।

दाङबाट रोल्पा महत हुँदै कर्णाली प्रदेशको डोल्पा पुग्ने शहीद मार्ग जनयुद्धको समयमा माओवादीले श्रम शिविरमार्फत निर्माण सुरु गरेको सडक हो । माओवादी सरकारमा गएसँगै सडक विस्तार र कालाेपत्रको योजना अगाडि बढेको थियो ।

२०७५ सालमा कालाेपत्र सकिएको एक वर्ष नपुग्दै यो सडकको घोराही होलेरी खण्डमा कालाेपत्र उप्किएर खाडल बन्न थालेको  थियाे । जसकाे मारमा घोराही उपमहानगरको बगालेदेखि रोल्पाको होलेरीसम्मका स्थानीय र यस सडकमा यात्रा गर्नेहरु परेका छन् ।

एक्जीम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालाेपत्र गरिएको हो। सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल खालको निर्माण सामग्री प्रयोग गर्दा कालो पत्रे एक वर्ष नपुग्दै उप्किन थालेकाे स्थानीयकाे गुनासाे छ। 

यो सडकमा दैनिक रुपमा दाङमा रहेका दुई वटा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने दुई सयभन्दा बढी टिपरहरु गुड्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया