दाङमा लुटपाटको आरोपमा एक जना पक्राउ

 फागुन २८, २०७८ शनिबार ८:३९:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा प्रहरीले चोरी तथा लुटपाटको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षीय गणेश कुमार डाँगी रहेका छन् ।

पक्राउ परेका डाँगीले घोराही-१३ का ४८ वर्षीय झुका रोका घोराहीबाट पैसा लिएर घरतर्फ जाँदै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ।

उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरिएकाे हाे। उनको साथबाट लुटपाट गरेको रकम, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिनुभएको छ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया