ज्येष्ठ नागरिकको स्याहारसुसार गर्ने ३६ जाेडी सम्मानित

 चैत ३, २०७८ बिहिबार २०:२७:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको राम्रोसँग स्याहारसुसार गर्ने ३६ परिवारका छोरा–बुहारी तथा छोरी–ज्वाइँलाई सम्मान गरिएको छ ।

राप्ती गाउँपालिकाले नाै वटा वडाबाट ३६ जोडीलाई सम्मान गरेको हो । प्रत्येक वडाबाट चार जोडीका दरले श्रीमान्–श्रीमतीलाई सम्मान गरिएको हाे ।

ज्येष्ठ नागरिकको स्याहारसुसार तथा पालनपोषण गर्ने छोरा–बुहारी तथा छोरी–ज्वाइँलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिककाे सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया