दाङमा डढेलो नियन्त्रणका लागि आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु

 चैत ४, २०७८ शुक्रबार १०:४५:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा डढेलो नियन्त्रणका लागि वनबाट पात पतिङ्गर सङ्कलन गरी कम्पाेस्ट मल बनाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले डढेलो जोखिम क्षेत्रको पहिचान गरी आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु गरेको हो ।

वनमा रुखबाट झर्ने पातपतिङ्गर, स्याउला र सुक्खा घाँसका कारण बर्सेनि वनमा डढेलोकाे घटना बढेको भन्दै वन डढेलो नियन्त्रण र स्थानीय किसानको उत्पादनमा सहयोग गर्नका लागि कम्पाेस्ट मल बनाउने काम थालिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

वनमा खेरा गइरहेकाे वस्तु सङ्कलन गरी उत्पादन हुने प्राङ्गारिक मल स्थानीयलाई दिइने र यो मलबाट किसानले आफ्नो उत्पादन बढाउन सक्ने सूचना अधिकारी केसीको भनाइ छ ।

वनमा डढेलो लगाउनु हुँदैन भन्ने चेतनाको अभाव तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पछिल्लो नौ वर्षमा दाङको ६ सय १४ ठाउँमा डढेलो लाग्दा झण्डै ४३ हजार वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय दाङको तथ्याङ्क छ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया