माओवादी छोड्नेहरू पदका लोभी हुन् : मन्त्री पौडेल

 चैत १३, २०७८ आइतबार १९:४:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बाग्लुङले आज आइतवार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहनुभएका उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको दाबी गर्नुभयाे । माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा आफू अचम्म परेको बताउनुभयो । 

उहाँले आउँदाे स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै पहिले माओवादी बलियाे हुने गरी पार्टी सङ्गठन विस्तारमा लागेको बताउनुभयो । उहाँले देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादी क्रान्तिका लागि शक्तिशाली पार्टी निर्माणको सङ्कल्प माओवादीले गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया