जनताकाे मत एमालेकै पक्षमा छ, कसैकाे वैशाखी टेक्नु पर्दैन : ज्ञवाली

 चैत १९, २०७८ शनिबार २०:२५:१४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा आफ्नो पार्टीले कसैको वैशाखी नटेक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आज शनिवार भएको पत्रकार सम्मेलनमा बौल्दै उहाँले जनताको मत आफ्नै पक्षमा रहेकाले कसैको आवश्यकता नरहेको बताउनुभएको हो । 

उपमहासचिव ज्ञावलीले आचारसंहिता लागू भइसकेको अवस्थामा पनि सरकारले चुनावलाई प्रभाव पार्ने गरी कर्मचारीको सरुवा–बढुवा गरेको र विभिन्न योजनाको उद्घाटन गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभयो । 

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण गएको प्रसङ्ग जोड्दै राष्ट्र प्रमुखको हैसियतमा भ्रमणमा जानुपर्नेमा पार्टी प्रमुखको हैसियतमा गएको भन्दै त्यसले सोभा नदिएको बताउनुभयो । 

उपमहासचिव ज्ञवालीले निर्वाचन आयोगले ठेकेदारहरूलाई उम्मेदवार हुन रोक लगाएर ठिक गरेको प्रतिक्रिया दिनुभयो । गाउँपालिकामै ठेक्कापट्टा गर्ने र त्यहीँको उम्मेदवार हुँदा स्वार्थ जोडिने हुँदा निर्माण व्यवसायीलाई जनप्रतिनिधि नबनाउँदा राम्रो हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया