कैलालीका अर्जुन दासको हत्यामा संलग्न चार जना पक्राउ

 बैशाख २, २०७९ शुक्रबार १३:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जनामध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सीमानाकाबाट वैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा जानकी गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन्। 

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सीमानाकामा आएको खबर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

पक्राउ परेकाहरुले मोबाइल सेट चोरीको आरोपमा दासकाे हत्या गरेको बयान दिएका थिए । हत्याको आरोपमा संलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरुलाई कैलाली प्रहरीमा जिम्मा लगाइने प्रवक्ता कोइरालाले बताउनु भयो ।

महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागुऔषध सेवनमा संलग्न रहेको पनि जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया