प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
पाँचथर - नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी भएको छ ।
आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारकाे टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विवाद चर्किँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकाका लागि उम्मेदवारकाे टुङ्गो लगाउन सकेको छैन।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।