सोलुखुम्बुमा एक महिला र एक दलित समुदायका प्रतिनिधि पालिका प्रमुखको उम्मेदवार

 बैशाख १६, २०७९ शुक्रबार १२:६:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा एक महिला र एक दलित समुदायका प्रतिनिधि पालिका प्रमुखको उम्मेदवार बनेका छन् । 

जिल्लाको ८ पालिकामध्ये लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसले मिना कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले सालुदूधकुण्ड नगरपालिकाको प्रमुखमा ल्हाक्पा छिरिङ विश्वकर्मालाई उम्मेदवार बनाएकाे छ । 

पालिका प्रमुखको ८ पदमा विभिन्न राजनीतिक दल र एक स्वतन्त्र गरी २९  जनाको उम्मेदवारी परेकोमा एक कांग्रेस र जसपाले मात्रै महिला र दलितलाई कार्यकारी पदमा उम्मेदवार बनाएका छन् । अन्य पालिकाहरुमा महिलालाई उपप्रमुखकै उम्मेदवारको रुपमा सीमित राखेका छन् ।

नेचासल्यान गाउँपालिकामा भने गठबन्धनबाट पालिका प्रमुख र उप्रमुख दुवै जना पुरुष रहेका छन् । नेचासल्यानमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्र कट्टेल र उपाध्यक्षमा जसपाबाट डिल्ली राईलाई उम्मेदवार बनाइएको छ ।

जिल्लामा ८१८ जना उम्मेदवार चुनावी मैदानमा छन् । सोलुदूधकुण्ड नगरपालिकामा ५७ पदमा १८९ जनाको उम्मेदवारी, थुलुङ दूधकोसीमा ४७ पदमा १५४ जनाको, सोताङ र महाकुलुङमा २७/२७ पदका लागि ८०/८० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस्तै नेचतासल्यानमा २७ पदका लागि ९३ जनाको, माप्यदूधकोसीमा ३५ पदकै लागि ८५ जनाको, खुम्बु पासाङ ल्हामुमा २७ पदका लागि ६२ जनाको र लिखु पिकेमा २७ पदका लागि ८५ जनाको उम्मेदवारी परेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया