चीनमा कोरोना सङ्क्रमण फैलिँदै : बेइजिङका नागरिकलाई कोभिड परीक्षण गर्न आग्रह

 बैशाख १८, २०७९ आइतबार ८:३०:३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ ।

बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा प्रवेश पाउन सङ्क्रमण नरहेको प्रमाण देखाउनुपर्नेछ । बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा यसअघि नै व्यापक परीक्षण थालिएको छ । बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ ।

सङ्क्रमण बढ्न थालेपछि पुनः लकडाउन हुन सक्ने आशङ्कामा मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । चीनका ४६ सहरमा अहिले पनि आंशिक वा पूर्ण लकडाउन छ ।

दुई करोड ५० लाख जनसङ्ख्या भएको शङ्घाई सहरमा कडा लकडाउन छ । त्यहाँ मार्चयता पाँच लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । मानिसहरू घरभित्रै सीमित भएका छन् र धेरैजसोले खानेकुरा र पानीको जोहो गर्न सङ्घर्ष गर्नुपरेको बीबीसीले जनाएको छ ।

सरकारले पठाउने सागसब्जी, मासु र अण्डाको लागि लामो समयसम्म पर्खनुपरेको नागरिकको गुनासो छ । यस्तै अवस्था आउन सक्ने डरले बेइजिङका बासिन्दा खानेकुरा र अरु सरसामानको जोहो गर्न व्यस्त भएका छन् । तर सरकारले बेइजिङमा कोभिड सङ्क्रमण नियन्त्रणमै रहेको र लकडाउनको तयारी नभएको बताएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया