भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

 बैशाख २०, २०७९ मंगलबार १३:२६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले आज मङ्गलवार केसी र खड्कालाई पार्टी प्रवेश गराउनुभएकाे हाे । 

यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापति देउवाले पार्टी प्रवेश गराउनुभएकाे छ । अहिले उनीहरूकाे जिम्मेवारीकाे बारेमा केही बताइएकाे छैन । 

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया