अमेरिकामा गर्भपतनसम्बन्धी कानुन रद्द गर्नेबारे अदालतको दस्ताबेज बाहिरीएपछि समर्थन र विरोधमा प्रदर्शन

 बैशाख २१, २०७९ बुधबार १०:५०:२५ | एजेन्सी
unn.prixa.net

अमेरिकामा गर्भपतनसम्बन्धी कानुन रद्द गर्ने मनसाय समेटिएको सर्वोच्च अदालतको दस्ताबेज बाहिरीएको छ । सर्वोच्च अदालतले ‘रो भर्सस वेड’ मुद्दामा निर्णय उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुनेछ ।

‘रो भर्सस वेड’ भनेको सन् १९७३ मा अमेरिकामा गर्भवती भएको पहिलो तीन महिनामा गर्भपतन गर्न पाउने अधिकार दिएको निर्णय हो । पोलिटिकोमा ९८ पानाको दस्ताबेज छापिएपछि डेमोक्र्याटले यसको विरोध गरेका छन् भने सर्वोच्च अदालत अगाडि गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका छन् । प्रधान न्यायाधीश रोबट्र्सले दस्ताबेज कसरी चुहिन पुग्यो भन्नेबारे अनुसन्धान गर्न निर्देशन दिन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी कानुन उल्ट्याइदिन सक्ने मस्यौदा गोप्य रुपमा बाहिरीएपछि स्तब्ध बनाएको अमेरिकी अधिकारीको भनाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनसम्बन्धी अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले नागरिकलाई आवाज बुलन्द गर्न आग्रह गर्नुभएको छ ।   
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया