श्रीलंकामा प्रदर्शन थप चर्कियो  : सेना र प्रहरीलाई आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति

 बैशाख २८, २०७९ बुधबार १०:५२:५२ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा प्रदर्शन थप चर्किएको छ । रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न सक्ने सम्मको आदेश दिएको छ ।

खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको हो । पछिल्लो प्रदर्शनमा आठ जनाको ज्यान गएको छ । झण्डै दुई सय नागरिक घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेको सरकारी निवास वरपर आगजानी भएको छ । त्यस्तै निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको पुरानो घरमा पनि अस्तl आगजनी भएको थियो । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ ।

खाद्यान्न, औषधि र आधारभूत सेवाको अभाव बढेपछि श्रीलंकाका नागरिक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले आर्थिक संकट निम्तनुमा राष्ट्रपति पनि जिम्मेवार रहेको भन्दै राजीनामा मागेका छन् । सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिनुभएको थियो । राजधानी कोलम्बोमा ठूलो संख्यामा सेना, प्रहरी तैनाथ गरिएको छ । उनीहरूले सहरमा गस्ती गरिरहेका बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • deben kiahor anjan

    May 11, 2022, noon

    नेपालको हालत पनि यस्तै नआउला भन्न सकिन्न, बेलैमा सचेत भएन भने ....सबलाइ चेतना भया/

  •  0 Reply

तपाईको प्रतिक्रिया