२ दिनभित्र नयाँ सरकार नबने देशको अर्थतन्त्र ध्वस्त हुने श्रीलङ्काका गभर्नरको चेतावनी

 बैशाख २८, २०७९ बुधबार १७:५५:२४ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका गभर्नरले अबको दुई दिनभित्र नयाँ सरकार गठन नभएमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिनुभएको छ । 

प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा दिएको र राष्ट्रपति गोटाबाय राजपाक्षेको पनि राजीनामा माग गर्दै प्रदर्शन भइरहेको बेला गभर्नर नन्दलाल विरासिङ्गेले दुई दिनभित्र नयाँ सरकार गठन नभएमा श्रीलङ्काको अर्थतन्त्र उद्धार गर्नै नसक्ने गरी ध्वस्त हुने चेतावनी दिनुभएको एएफपीले जनाएको छ । 

यसैबीच श्रीलङ्कामा आज पनि कर्फ्यु आदेश जारी भएको छ । हिंसात्मक प्रदर्शन र आगजनी जारी रहेपछि कर्फ्यु थप गरिएको बीबीसीले जनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सरकार समर्थित समूहले आक्रमण गरेपछि प्रदर्शनकारी हिंसा तथा आगजनीमा उत्रिएका थिए । सुरक्षाकर्मीलाई कर्फ्यु आदेश उल्लङ्घन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलङ्कामा इन्धन, खाद्य वस्तु, औषधीि लगायतको अभाव र मूल्यवृद्धिले जनजीवन कष्टकर बनेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया