नेपाल–इजरायल कुटनीतिक सम्बन्ध स्थापनाकाे ६२ औँ वार्षिकाेत्सव मनाइयाे

 बैशाख २८, २०७९ बुधबार १८:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाएकाे छ । नेपालमा रहेकाे इजरायली दूतावासमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाइएकाे हाे । 

वार्षिकाेत्सव समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीलगायतकाे उपस्थिति थियो ।

कार्यक्रममा राजदूत गोडेरले इजरायल र नेपालले एकअर्काकाे सम्मान गर्ने गरेकार र भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयाे । 

सन् १९६० जुन १ मा नेपालका तर्फबाट प्रधानमन्त्री वीपी काेइराला र इजरायलका तर्फबाट प्रधानमन्त्री डेभिड बेन गुरियनकाे पहलमा दुई देशबीच कुटनीतिक सम्बन्ध कायम भएकाे थियाे । त्यसयता दुई देशले कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्दै आइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया