तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको प्रस्ताव
जेठ २७, २०८० शनिबार
काठमाण्डाै – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ ।
चितवनको भरतपुरमा भएको आमसभामा मतदातालाई धम्काएको आरोपसहित नेपाली कांग्रेस वीपीले दर्ता गराएको उजुरीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
‘२३ गते भएको आमसभामा प्रचण्डले भरतपुरमा रेनु दाहाललाई मतदान नगरि पराजित गरेमा देश दुर्घटनामा जाने धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ, उहाँलाई मतदातालाई धम्काएको आरोपमा स्पष्टीकरण सोधिएको हो’, अर्यालले भन्नुभयो ।