भोट हाल्न गाउँ जान नपाएकाहरू काठमाण्डौको रमाइलो हेर्दै, भन्छन् : गाउँलाई ‘मिस’ गरिरहेको छु

 बैशाख ३०, २०७९ शुक्रबार ९:११:३८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – आज पालिका चुनावको देशभर मतदान भइरहेको छ ।

भोट हाल्न काठमाण्डौ उपत्यकाबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा धेरैजसो गएका छन् । तर भोट हाल्न जान नपाएकाहरूले मतदान गर्ने केन्द्र वरपर पुगेर रमाइलो हेरिरहेका छन् ।

त्यस्तै मध्येको एक हुनुहुन्छ गुल्मीका सागर गैरे । उहाँ यसपालि भोट हाल्न आफ्नो गाउँ जान पाउनुभएन । तर उहाँ मतदानको चहलपहल हेर्न काठमाडौं महानगरपालिका ८ को शारदा मावि केन्द्रमा आउनुभएको छ । 

‘आफू जान पाइएन, अरूले मत दिएको हेर्न भए पनि आएँ, ५ वर्षमा एकपल्ट आउने ठुलो अवसरको सदुपयोग गर्न नपाएकोमा दुःख लागेको छ’ सागरले भन्नुभयो । 

मतदान केन्द्र वरपरको दृश्य हेर्दा मनमा अनेक कुरा खेलेको उहाँ बताउनुहुन्छ । ‘आफूले भोट हाल्न त पाइएन अरू नागरिकको मतको सदुपयोग होस भन्ने चाहन्छु’ उहाँ भन्नुहुन्छ । 

मोरङका हर्क तामाङ पनि घर जान पाउनुभएन । मतदानको चहलपहल हेर्न मध्ये वानेश्वरको रत्न राज्य उच्च माविमा पुग्नुभएको छ उहाँ । ‘चुनावमा घर जान पाइएन, उता कति रमाइलो भइरहेको होला, गाउँलाई धेरै मिस गरिरहेको छु ’ तामाङले भन्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया