काठमाण्डौका सडकमा फोहोरको डङ्गुर, नाक थुनेर भोट हाल्न जाँदै मतदाता

 बैशाख ३०, २०७९ शुक्रबार १०:२६:११ | अर्जुन पोख्रेल

काठमाण्डौ– काठमाण्डौका सडकमा फोहोरको डङ्गुर थुप्रो लागेपछि मतदाता नाक थुनेर भोट हाल्न जाँदै छन् ।

वैशाख लागेदेखि नै नुवाकोटको ल्यान्डफिल्ड साइटमा फोहोर पु-याउनका अवरोध भइरहेकाले उपत्यकाको फोहोर नउठ्दा काठमाण्डौका सडकमा फोहोरको डङ्गुर थुप्रो लागेको छ । चोक चोकमा फोहोर छ ।

मतदान केन्द्र नजिकै फोहोर गन्हाएको छ । डिल्लीबजारको कन्या क्याम्पस र बागबजारको पद्मकन्या क्याम्पस मतदान केन्द्रको गेट नजिकै फोहोरका थुप्रा देख्न सकिन्छ । मतदाताहरू नाक थुनेर भोट हाल्न गइरहेका छन् ।

‘नाक थुनेर भोट हाल्न जानुपरेको छ, यो त लाजमर्दो नै भयो’ मतदान गर्न आउनुभएका कृष्णा गैरेले गुनासो गर्दै भन्नुभयो ‘अब आउने जनप्रतिनिधिले अरू केही नगरे पनि फोहोर व्यवस्थापन चाहिँ गरुन् ।’

अब आउने जनप्रतिनिधिले कम्तीमा फोहोरको राम्रो व्यवस्थापन गरून् भन्ने मतदाताको अपेक्षा छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया