ताप्लेजुङमा झण्डै ६५ प्रतिशत मत खस्यो

 बैशाख ३०, २०७९ शुक्रबार १९:३७:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – आज सम्पन्न भएको पालिका तहको चुनावमा ताप्लेजुङमा झण्डै ६५ प्रतिशत मत खसेको छ ।

ताप्लेजुङको मुख्य निर्वाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधीश प्रकाश राउतका अनुसार जिल्लाभर ६४.७६ प्रतिशत मत खसेको हो । जिल्लामा ८९ हजार ६ सय ९० मत रहेकोमा ५७ हजार १४२ मत खसेको उहाँले बताउनुभयो ।

जिल्लाको सबैभन्दा धेरै मेरिङदेन गाउँपालिकामा ७०.७७ प्रतिशत मत खसेको छ । यस गाउँपालिकामा ८ हजार ६ सय ३ मध्ये ६ हजार ८९ मत खसेको हो । जिल्लाको सबै भन्दा धेरै मतदाता रहेको फुङलिङ नगरपालिकामा भने ६४.१२ प्रतिशत मत खसेको छ । १७ हजार २ सय २ रहेकोमा ११ हजार ३१ मत खसेको हो । 

जिल्लाको सबै भन्दा ठूलो गाउँपाकिला फक्ताङलुङमा ६५.५३ प्रतिशत खसेको छ । आठराई त्रिवेणी गाउँपालिकामा ६२.३२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५.१४  प्र्रतिशत, पाथिभरा याङवरक गाउँपालिकामा ६२.०३ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, सिदिङ्वा गाउँपालिकामा ६५.४७ प्रतिशत, सिरिजंगा गाउँपालिकमा ६२.२२  प्रतिशत मत खसेको छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया