बर्दियामा ७२ प्रतिशत मत खस्यो

 बैशाख ३०, २०७९ शुक्रबार २०:२८:२७ | भावुक योगी
unn.prixa.net

बर्दिया – आज सम्पन्न पालिका तहको चुनावमा बर्दियामा ७२ प्रतिशत मत खसेको छ । बर्दियाका ६ वटा नगरपालिका र २ वटा गाउँपालिकामा गरि जम्मा ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर तीन लाख ११ हजार चार सय १० मतदाता भएकोमा दुई लाख २४ हजार चार सय ९९ मत खसेको हो । सबैभन्दा बढी गुलरिया नगरपालिकामा ७५ प्रतिशत र सबैभन्दा कम बासगढी र मधुवन नगरपालिकामा ७१/७१ प्रतिशत मत खसेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया