पोखरा महानगरपालिकामा ४ वटा वडाकाे मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार १८:०:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : गनेश पाैडेलकाे फेसबुकबाट

कास्की – पोखरा महानगरपाकिलाकामा ४ वटा वडाकाे मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना शुरु भएको हो ।

यहाँको मतगणना ८ ठाउँबाट भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । याे अघिल्लो पालिका तह चुनावमा भन्दा करिब ५ प्रतिशतले कम हो ।

कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा मतगणना चलिरहेको छ । अन्नपूर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेका छन् । यस मध्ये १५ हजार १ सय ५० जनाले मतदान गरे । मादी गाउँपालिकामा १८ हजार ७ सय ८२ मतदातामा १३ हजार ७ सय ६३ जनाले मतदान गरेका छन् । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ जनाले मतदान गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया