नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
जुम्ला - झडप हुँदा वैशाख ३० गते स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा आज मतदान भइरहेको छ ।
शङ्कर माध्यमिक विद्यालयमा भइरहेको मतदानमा अहिलेसम्म १ सय ८८ मत खसेको निर्वाचन अधिकृत तुलराज चौलागाईँले जानकारी दिनुभयो ।
मतदान सहज गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । एक हजार ७ जना मतदाता भएको केन्द्रमा ३२० मत खसिसकेको थियो । तर चुनाव स्थगित भएपछि पुनः सबै प्रक्रिया सुरु भएको हो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।