पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै

 जेठ १, २०७९ आइतबार ११:१२:८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उहाँले ९२३ मत प्राप्त गर्नु भएकाे छ । 

पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिनुभएकाे हाे । 

एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गर्नु भएको छ । राप्रपाका शङ्कर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गर्नु भएको छ ।  

पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • GOVINDA PRASAD SAPKOTA

    May 15, 2022, 11:28 a.m.

    अनी धनराजको मत कति ? तथ्यांक बोल्छ तिमिहरुले अग्रता भन्नै पर्दैन

  •  0 Reply

तपाईको प्रतिक्रिया