पोखरामा धनराज आचार्य ८१ मतले अगाडि

 जेठ १, २०७९ आइतबार १४:५६:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । पोखरा महानगरपालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिनुभएकाे हाे । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गर्नुभएकाे छ ।

एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गर्नुभएकाे छ । थापा आचार्य भन्दा ८१ मतले पछि हुनुहुन्छ । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ६५ मत प्राप्त गर्नुभएकाे छ ।  

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्नुभएकाे छ भने एमालेकी मन्जु गुरुङले १ हजार २५ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया