म्याग्दीको मङ्गला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १२:१९:३२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएका एमाले उम्मेदवार सतप्रसाद रोकाले ३ हजार ९ सय ६८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ मत पाउनुभएको छ । 

यसैगरी नेकपा माओवादी केन्द्रका टेकबहादुर विकले १ हजार ५ सय २१ मत पाउनुभयो । अध्यक्षमा निर्वाचित एमाले उम्मेदवार रोका पुनः दोस्रो कार्यकालका लागि मङ्गलामा दोहोरिनुभएको हो । त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै उम्मेदवार प्रेमकुमारी क्षेत्रीले ४ हजार २ सय ६१ मतसहित विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । 

उपाध्यक्षमा विजयी क्षेत्रीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मीला थापाले २ हजार ५ सय ९५ र माओवादी केन्द्रकी सुकमाया रोकाले १ हजार ३ सय ७३ मत पाएको सहायक निर्वाचन अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया