कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १३:२७:५३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा एमालेका नवराज ओझा विजयी हुनु भएको छ ।  

नेपाली कांग्रेसका गी माया गुरुङलाई १ हजार ६ सय १२ मतले हराउँदै ओझा विजयी हुनु भएको हो । उहाँले ५ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयो भने गी मायाले ४ हजार १ सय ३७ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै लालसुब्बा गुरुङ विजयी हुनु भएको छ । उहाँले नेपाली कांग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मत अन्तरले पराजित गर्नुभयो ।  लालसुब्बाले ५ हजार ३ सय ३२ मत प्राप्त गर्नुभयो भने नारायण श्रेष्ठले ४ हजार १ सय ५३ मत प्राप्त गर्नुभयो । 

रुपा गाउँपालिकामा ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया