आज एकै दिन ६९ जनामा काेराेना सङ्क्रमण
चैत १३, २०७९ सोमबार
पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बृजहाङ आङदेम्वे निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस पाँचथरका उपसभापति समेत रहेका आङदेम्वेले नेकपा एमालेका उम्मेदवार बीरबहादुर कुरुम्वाङलाई १ हजार ९६ मत अन्तरले पराजित गर्नुभएको हो । आङदेम्वेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४ सय ४३ मत प्राप्त गर्नुभयो ।
आङदेम्वेसँग पराजित कुरुम्वाङ २०७६ सालमा सम्पन्न स्थानीय तहको उप निर्वाचनमा आङदेम्वेलाई नै पराजित गरेर सो गाउँउपालिकाको अध्यक्षमा बन्नुभएको थियो ।
उपाध्यक्षमा गठबन्धनका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार ठाकुरसिंह नेम्वाङ विजयी हुनुभएको छ ।
नेम्बाङले ५ हजार १सय मत प्राप्त गर्दा प्रतिस्पर्धी बबिता नेम्बाङले ४ हजार ४ सय ४३ मत प्राप्त गर्नुभयो ।
यस्तै जिल्लाको हिलिहाङ गाउँउपालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।
एमालेका भुवानीप्रसाद लिङदेनलाई १ सय ७ मत अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिकारीले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा लिङदेनलाई ४ हजार ३ सय ५८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्ष पदमा भने नेकपा एमालेकी सुमित्रा उप्रेती सेढाँई विजयी हुनुभएको छ ।
उहाँले प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका भवानीप्रसाद लिङदेनलाई १८ मतले हराउनु भएको हो। उप्रेतीले ४ हजार १ सय ४६ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १ सय १८ मत पाउनुभयो ।
यस्तै फालेलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बीरबिक्रम थाम्सुहाङ निर्वाचित हुनभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका जयप्रकाश केरुङलाई ३ हजार १ सय ५८ को भारी मतअन्तरले पराजित गर्दै थाम्सुहाङ फालेलुङको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । थाम्सुहाङले ५ हजार ७ सय ७९ मत प्राप्त गर्दा केरुङले २ हजार ६ सय २१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रका महेन्द्रहाङ जवेगु निर्वाचित हुनुभएको छ । उहाँले एमालेकी सुजाता बान्तावालाई हराएका पराजित गर्नुभएको हो । जवेगुले ५ हजार १४ मत प्राप्त गर्दा बान्तावाले २ हजार ८ सय ७५ मत पाउनुभएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।