घोराहीमा एमालेका उम्मेदवार तीन हजार भन्दा बढी मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार १०:४२:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उमेदवारलाई पछि पार्दै एमालेका उम्मेदवारले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन ।

४१ हजार ६ सय २० मत गन्दा मेयरमा एमालेका उम्मेदवार नरुलाल चौधरीले १७ हजार ४ सय ९५ मत ल्याउनु भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले १४ हजार २ सय २ मत प्राप्त गर्नुभएको छ । चौधरी र शर्माबीच ३ हजार २ सय ९३ मतान्तर रहेको छ ।

यस्तैगरी उपप्रमुखमा पनि एमालेको अग्रता रहेको छ । एमालेका हुमा डिसीले १७ हजार ७२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका भुव बहादुर डाँगीले १५ हजार ९ सय ८५ मत प्राप्त गर्नुभएको छ ।
डाँगी र डिसी बिच १ हजार ८७ मतान्तर रहेको छ ।

घोराहीमा अहिले सम्म १,२,१३,१६,१७,१८,१९ लगायत ८ वडाको मतगणना सम्पन्न भएको छ भने ११ वडाको मतगणना जारी रहेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया