बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सि मतदान हुने

 जेठ ३, २०७९ मंगलबार ११:४४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सि बुधवार मतदान हुने भएको छ ।

गएको ३० गते मतदान  रद्द भएका चारवटा मतदान केन्द्रमा  पर्सि मतदान हुने निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो।

पचरौता नगरपालिका २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्र तथा वडा नम्बर ४ को बेल्दारी प्राविको क र ख गरी चार वटा मतदान केन्द्रको मतदान पर्सि हुने निर्वाचन अधिकृत दाहालले बताउनु भएको हो ।

मतदानबारे छलफल गर्न आज दिउँसो एक बजे सर्वदलीय बैठक बोलाइएको पनि उहाँले जानकारी दिनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया