दाङको शान्तिनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसको जित

 जेठ ३, २०७९ मंगलबार १२:१२:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । 

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रमोद बस्नेतले ५ हजार ७ सय १६ मत प्राप्त गरी विजयी हुनु भएको हो ।  

उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका विष्णु केसीले ४ हजार ५ सय २४ मत प्राप्त गर्नुभयो । त्यस्तै माओवादीका मोहनलाल वलीले २ हजार ७ सय ९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पाण्डेले १ सय ८ तथा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकी (केसी) ले ५७५० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँको  निकटतम प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४०२८ मत प्राप्त गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया