पाेखरामा एकीकृत समाजवादीका आचार्य १४ सय भन्दा धेरै मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार १४:८:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्नुभएकाे छ । उहाँले १४ सयभन्दा धेरै मतकाे अग्रता लिइरहनुभएकाे छ । 

आचार्यले ९ हजार ४०२ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार ९ सय ५४ मत पाउनुभएकाे छ । राप्रपाका शंकर खरालले एक हजार ८१ र स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले ६ सय ३ मत मत प्राप्त गर्नुभएकाे छ ।   

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी काेपिला रानाभाटले ९ हजार ६ सय ७९ मत सहित अग्रता लिइरहनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङले ९ हजार ४० मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी रन्जना सेनले ९ सय १९ मत प्राप्त गर्नुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया