बर्दियाको मधुवन नगरपालिका मेयर उपमेयर दुवैमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार २०:०:३३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मधुवनको मेयरमा नेपाली कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७ सय ७५ मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी माओवादीका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत ल्याउनुभयो । उपमेयरमा नेपाली कांग्रेसका अननिता चौधरी ८ हजार ३ सय ३५ मत ल्याएर विजयी हुनुभयो भने प्रतिष्पर्धी माओवादी केन्द्रका शुभद्रा चौधरी थारुले ७ हजार ८ सय ९९ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: असार १०, २०७९

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया