इलामको इलाम नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ७:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं– इलामको इलाम नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा १३ हजार एक सय ६५ मतसहित विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का धिरेनकुमार चेम्जोङको १० हजार ५ सय ८७ मत छ । 

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै विष्णुकुमारी लिम्बु विजयी हुनु भएको छ । उहाँले १३ हजार ५ सय ४२ मत प्राप्त गर्नु भएको छ भने एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नु भएको छ । 

१२ वटा वडा रहेको इलाम नगरपालिकाको ९ वटा वडाको वडाध्यक्षमा कांग्रेस र ३ वटा वडामा एमालेले जितेको छ । यसअघि २०७४ सालको चुनावमा भने प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया